‘पृथ्वी जयन्ती राप्रपाको जस्तो मात्र नहोस’

२०८१ पुष २७ गते शनिवार
सारांश
  • प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् । 


प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए । 


उक्त चियापान कार्यक्रममा राप्रपाका अध्यक्ष लिङदेनले पुथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन अन्य दल र सरकारलाई पनि यस प्रकारको कार्यक्रमको आयोजना गर्न आग्रह गरेका छन् । 


उनले भने, ‘राप्रपाले देशभर नै यस्तो चियापान कार्यक्रमहरु आयोजना गरेको छ । पुथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन अन्य दलहरुले पनि आगामी वर्षबाट यस्ता कार्यक्रम गर्नुस् र सरकारले पनि यस प्रकारको कार्यक्रमको आयोजना गरोस भन्न चाहन्छु ।’ 


सोही क्रममा राप्रपाका नेता ज्ञानेन्द्र शाहीले इतिहासलाई बचाएर मात्र देश बन्ने भन्दै पृथ्वीनारायण शाहलाई सबैले मान्नुपर्ने बताए । 


उनले भने, ‘इतिहासलाई बचाएर मात्र देश बन्द इतिहासलाई विनाश गरेर देश बन्दैन् । त्यसकारण पृथ्वीनारायण शाहलाई सबैले मान्नुपर्छ । घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भन्ने सिद्धान्त बोकेर भ्रष्टाचारीहरुलाई कारबाही मात्र गरियो भने पनि पृथ्वीनारायण शाहको सपना पूरा हुन्छ ।’ 


यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पृथ्वीनारायण शाहले नेपाल निर्माणको लागि ठूलो र ऐतिहासिक भूमिका निर्वाह गरेका भन्दै उनको प्रशंसा सबैले गर्नुपर्ने बताए । 


चियापान समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, अमरेश कुमार सिंह लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार